Saturday, August 8

मिश्रमाथि अर्को कसुरमा पनि अनुसन्धान

नेपालअखबार,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि सरकारी वकिल कार्यालय काठमाडौंले अर्को कसुरमा पनि थप अनुसन्धान गर्न म्याद माग गरेको छ।

Advertisement

बिहीबार मिश्रसहित २५ जनाविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालतमामा उपस्थित गराएको हो।

Advertisement
Advertisement

उनीहरूमाथि राज्यविरूद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको थियो। यी कसुरमा मिश्रको बयानसमेत भइसकेको थियो।

Advertisement

यसैबीच सरकारी वकिल कार्यालय काठमाडौंले बिहीबार मिश्रमाथि आपराधिक उपद्रवको कसुरमा पनि अनुसन्धान गर्न म्याद माग गरेको हो।

‘आज उहाँहरूले अर्को एउटा कसुर थपेर ल्याउनुभएको थियो। आपराधिक उपद्रव कसुरमा अनुसन्धान गर्न भन्नुभएको छ,’ मिश्रका वकिल एवं वरिष्ठ अधिवक्ता राजु बस्नेतले जानकारी दिए।

यसरी अर्कोमा पनि अनुसन्धान गर्न कसुर लगाएपछि मिश्रले पनि आफ्नो धारणा राखेका थिए। ‘मैले कुनै अपराध गरेको छैन। सरकारको यस्तै खालको नियत रहिरह्यो भने नेपालमा कोही पनि बस्न चाहँदैन। कोही पनि बस्न सक्ने अवस्था रहन्न,’ उनको भनाइ उदृत गर्दै वकिल बस्नेतले भने, ‘आज ममाथि अर्को कसुरको पनि टीका लगाइदिएको छ।’

मिश्रको तर्फबाट बस्नेत, वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल लगायतले बहस गरेका थिए।

म्याद थपको आदेश भने आउन बाँकी छ।