Monday, July 27

सरकारले स्वरोजगार बन्न भन्दै दिएको १ अर्ब २२ करोड रकम उठेन

नेपालअखबार,काठमाडौँ  ।   युवा तथा साना व्यवसायी स्वरोजगार कोषको १ अर्ब २२ करोड ६७ लाख ९८ हजार भाका नाघेको छ।

Advertisement

समयमा असुली नहुँदा कोषको रकम जोखिममा परेको हाे।

Advertisement
Advertisement

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कर्जा लगानी गरेको छ। नियमअनुसार यो रकम तोकिएको समयमा फिर्ता गर्नुपर्छ।

Advertisement

तर, १ हजार २३९ सहकारी संस्थाले २०८१ असार मसान्तसम्म १ अर्ब ६ करोड ८५ लाख ९१ हजार सावाँ फिर्ता नगरेको महालेखा परिक्षकको कार्यालयको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ।

यो रकमको ब्याज १२ करोड ८१ लाख १९ हजार छ। हर्जाना ३ करोड ८८ हजार छ। जम्मा १ अर्ब २२ करोड ६७ लाख ९८ हजार असुल गर्न बाँकी छ।  यस्तै, १५ बैंक र वित्तीय संस्थाले ३१ करोड ५३ लाख ३३ हजार सावाँ फिर्ता गरेका छैनन्। तर, ब्याज र हर्जानाको हिसाब राखिएको छैन।

कोषको नियमअनुसार भाखा नाघेमा थप २ प्रतिशत ब्याज लाग्छ।