Thursday, July 9

संसदमा विचाराधीन महत्त्वपूर्ण विधेयहरूलाई अघि बढाउन कांग्रेस दृढ: देउवा

नेपालअखबार,काठमाडौं ।   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा विचाराधीन महत्त्वपूर्ण विधेयहरूलाई अघि बढाउन कांग्रेस दृढ रहेको बताएका छन् ।

Advertisement

नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको एक कार्यक्रममा सभापति देउवाले यसअघि कांग्रेस नेतृत्वको सरकारले विभिन्न महत्त्वपूर्ण कानुन ल्याएको भन्दै अव पनि संसदमा विचाराधीन रहेका निजामती, शिक्षा लगाएका महत्त्वपूर्ण विधेयहरूलाई अघि बढाउन कांग्रेस दृढ रहेको बताएका हुन् ।

Advertisement
Advertisement

उनले सदनले पारित गरेका कानुनहरूलाई व्यवहारमा नै कार्यान्वयन गर्नु आवश्यक रहेको धारणा राखे । नेपालको वर्तमान संविधान कांग्रेस नेतृत्वकै सरकारले जारी गरेको भन्दै उनले संविधानले योगदानमा आधारित सुरक्षाको प्रत्याभूत गरेको जिकिर गरे । श्रमसम्बन्धी विभिन्न कानुनहरू पनि आफूहरू प्रधानमन्त्री भएकै समयमा जारी गरिएको उनले बताए ।

Advertisement

सभापति देउवाले श्रम क्षेत्रको कानुन कार्यान्वयनमा केही समस्या रहेको गुनासो आएको भन्दै श्रम ऐनको पूर्ण कार्यान्वयनमा कांग्रेसले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।