Sunday, April 19

सुनको भाउ घट्यो

नेपालअखबार,काठमाडौं ।नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ।

आइतबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला सात सय रूपैयाँ घटेको हो।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ।

आइतबार प्रतितोला दुई हजार पाँच रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।