Sunday, April 19

धादिङको थाक्रेमा नयाँ पुल बनाउँदा पुरानो पुलको भाग धस्सियो,

नेपालअखबार,काठमाडौँ । पृथ्वी राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ मा रहेको पुरानो पुलको भाग धस्सिएपछि दुईतर्फ सवारी अवरुद्ध भएको छ ।

सोताङ खोला पुलको भाग धस्सिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी नरेश सुवेदीले  बताए । पृथ्वी राजमार्ग हुँदै चल्ने ठुला सवारी साधन सो पुल हुँदै चल्न रोक लगाइएको छ ।

Advertisement

काठमाडौँतर्फ जाने ठुला सवारीलाई डाइभर्ट गरेर गल्छी हुँदै नुवाकोटको बाटो पठाइएको एसपी सुवेदीले जानकारी दिए । सोताङ खोलामा पुरानो पुलसँगै नयाँ पुलको निर्माण कार्य हुँदै आएको छ । निर्माण कार्य गर्दा थर्किएर पुरानो पुलको भाग धस्सिएको आकलन गरिएको छ ।