Monday, May 11

प्रतिनिधिसभा बैठक स्थगित विपक्षीको नाराबाजीपछि

नेपालअखबार,काठमाडौँ । विपक्षी सांसदको नाराबाजीपछि प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित भएको छ ।

मंगलबारको बैठकमा विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

Advertisement

तर, सभामुख देवराज घिमिरेले सत्ता पक्षका सांसदलाई बोल्न समय दिएसँगै विपक्षी सांसदले नाराबाजी गरेसँगै बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।