Friday, March 13

३२ देशका २३९ वैज्ञानिकले भने, ‘कोरोनाभाइरस हावाबाट पनि सर्न सक्छ’

नेपाल अखबार, एजेन्सि। विश्वभरका सयौँ वैज्ञानिकहरुले हावाको कणमा रहने नोभल कोरोनाभाइरसले पनि मानिसहरुलाई संक्रमित गराउन सक्ने बताउँदै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई आफ्नो सिफारिसहरुलाई सच्याउन आग्रह गरेको छन् ।
डब्लूएचओले कोभिड–१९ बाट संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छ्यिु गर्दा उसको नाक र मुखबाट निस्कन पानीका थोपाका कणहरुबाट कोरोनाभाइरस मानिसबाट मानिसमा सर्ने बताउँदै आएको छ ।
न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्टका अनुसारं ३२ देशका २३९ जना वैज्ञानिहरुले डब्लूएचओलाई पत्र लेख्दै हावाको स–साना कणमा रहेका कोरोनाभाइरसले पनि मानिसलाई संक्रमित बनाउने तथ्य फेला पारेको जानकारी दिएका हुन् । उनीहरुले आफ्नो अनुसन्धानलाई अगामी हप्ता प्रकाशित गर्ने तयारी गरेका छन् ।
पछिल्लो समय रेस्टुरेन्ट, कार्यालय, क्यासिनो लगायतमा कोरोनासंक्रमितहरुको क्लस्टर फेला पर्न थालेका छन् । जसले वैज्ञानिहरुले लामो समयदेखि भन्दै आएको हावाको माध्यमबाट कोरोनाभाइरस फैलिन्छ र यसले नजिकमा रहेकालाई संक्रमित बनाउँछ भन्ने कुरामा थप बल पुर्याउँछ ।
यदी यो पुष्टि भएमा घरभित्र सामाजिक दुरी कायम गरेपनि मास्क लगाउन अनिवार्य गर्नुपर्ने हुनेछ, विशेष गरेर राम्रो भेन्टिलेसन नभएको स्थानमा ।
यता, डब्लूएचओका डा बेनेडेटा अलेग्रान्जीले हावाको माध्यमबाट पनि कोरोनाभाइरस फैलिन्छ भन्ने तथ्य अविश्वस्नीय भएको बताए । उनले पछिल्लो केही महिनामा हावाको माध्यमबाट कोरोनाभाइरस सर्न सक्ने सम्भावनामा चर्चा गरे पनि यसबारे स्पष्ट प्रमाण फेला नपरेको जिकिर गरे ।
डब्लूएचओले सधैँ हात धुने कुरामा जोड दिँदै आएको छ जबकी सेन्टर फर डिजिज कन्ट्रोल प्रिभेन्सनले भने सतहबाट कोरोनाभाइरस सर्ने सम्भावना कम हुने बताएको छ ।
स्रोत : न्युयोर्क टाइम्स

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *