
नेपालअखबार,काठमाडौँ । दक्षिण कोरिया भ्रमणमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले त्यहाँको यातायात तथा रेल सेवा विस्तार सम्बन्धीको छलफललाई संशोधन गरेका छन्।
भ्रमणका क्रममा मन्त्री दाहालले कोरेल कर्पोरेशनको कार्यालयमा पुगी छलफल तथा अन्तरक्रिया गरेका हुन् । मन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डलसँग त्यहाँका उच्च अधिकारीहरूले नेपालमा रेल सेवाको अध्ययन र अनुसन्धानका लागि हुने सक्ने सहकार्यका बारेमा प्रकाश पारेका थिए ।
यस अघि नेपाल भ्रमणमा आएका कोरेलका अधिकारी एवम् नेपालको रेल विभाग तथा लगानी बोर्डका अधिकारीहरू बिच समेत नेपालमा रेल सेवाको विकास र अध्ययनका बारेमा छलफल भएको थियो । उक्त छलफल पश्चात् भएका समझदारीहरूका बारेमा समेत भेटमा कुराकानी भएको भ्रमण दलका सदस्य मनोज दाहालले जानकारी दिए ।
यस्तै भ्रमणका क्रममा कोरियन एक्सप्रेस वे कर्पोरेशनका अधिकारीहरूसँग भेटमा आपसीहित र सहकार्यका बारेमा पनि छलफल भएको थियो ।यस्तै मन्त्री दाहालसँग त्यहाँ रहेको नेपाली समुदायका प्रतिनिधीहरुले पनि छलफल गरेका छन् ।

