Monday, November 3

मोदीलाई भारतीय कांग्रेसको चेतावनी : नेपाल चीनसँग नजिकिँदैछ

नेपालअखबार,काठमाडौं । भारतीय कांग्रेस पार्टीका नेता पवन खेडाले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) सरकारमाथि नेपाल-चीन सम्बन्धलाई लिएर प्रश्न उठाएका छन् । उनले नेपाल चीनतिर थप नजिक भइरहेको जिकिर गरेका हुन् ।

Advertisement

नेता खेडाले पत्रकार सम्मेलनमा भने, ‘नेपालमा अहिले जुन भारतविरोधी भावना देखिन्छ, त्यो १० वर्ष पहिले थिएन । नेपालमा यति ठूलो भूकम्प आउँदा भारतले धेरै सहायता गरेको थियो ।’

Advertisement

उनले अगाडि थपे, ‘तर आज नेपाल चीनसँग नजिक भइसकेको छ । यदि यो आत्मसमर्पण नीति होइन भने के हो ?’

मोदी नेतृत्वको संघीय सरकारमाथि कटाक्ष गर्दै पवन खेडाले थपे, ‘पाकिस्तान र अन्य देशहरूसँग मिलेर चीनले जुन कोरिडोर (मार्ग) बनाइरहेको छ, तपाईंहरूले त्यसको विरुद्ध के गर्न सक्नुभयो ? यदि तपाईंहरूले आईएमएफ (अन्तर्राष्ट्रिय मुद्रा कोष) को ऋण रोक्न सक्नुभएको हो भने भन्नुस् ।’