Friday, July 3

अग्नि सापकोटाविरुद्ध प्रहरी अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

नेपालअखबार,काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दाको उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।

Advertisement

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको इजलासले उनीविरुद्धको उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णयलाई खारेज गरेको हो ।

Advertisement
Advertisement

सर्वोच्च अदालतले आफ्नो वेबसाइटमा सापकोटा विरुद्धको मुद्दामा ‘उत्प्रेषण जारी’ भनेपनि अरु विवरण सार्वजनिक गरेको छैन ।

Advertisement

काभ्रेकी पूर्णिमाया लामाले आफ्ना पति अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लगाउँदै सापकोटा विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले त्यो जाहेरी तामेलीमा राख्ने निर्णय गरेको थियो, जसका विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो ।सर्वोच्च अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालय, काभ्रेले सापकोटाविरुद्ध परेको जाहेरीमाथि फेरि अनुसन्धान अघि बढाउनु पर्नेछ ।