Wednesday, October 29

कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालअखबार, काठमाडौं । सर्लाहीमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

Advertisement

‍बागमती नगरपालिका-११ बागमती पुलस्थित पूर्व-पश्चिम राजमार्गमा बुधबार राति साढे ९ बजेतिर दुर्घटना हुँदा २१ वर्षीय गोपाल योन्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रदेश ३-०३-००१ ख ००७० नं.को कन्टेनर डब्बा गाडीले विपरीत दिशातर्फबाट  जाँदै गरेको प्रदेश ३-०२-०१४ प ९८७७  नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका योन्जनको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो ।प्रहरीले कन्टेनर चालक ३८ वर्षीय ओमबहादुर लो लामालाई नियन्त्रणमा लिएको छ ।