Thursday, July 30

बदलाको भावनाले ममाथि भ्रष्टाचारको मुद्दा दायर गरियो: माधव नेपाल

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको बताएका छन्।

Advertisement

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेकाले त्यसलाई देखेर ईष्या गर्नेहरु आत्तिएको बताएका हुन्।

Advertisement
Advertisement

‘हाम्रो पार्टीको भूमिकालाई देखेर कतिपय व्यक्तिहरु आत्तिएका छन्। आतंकित भएका छन्। पूर्वाग्रह राखेर बसेका छन्। बदलाको भावनाले उनीहरुलाई पोलिरहेको छ। त्यसैको एउटा उदाहरण भर्खरै तपाईंहरुले सुन्नुभयो, म माथि भ्रष्टाचारको मुद्दा लगाउनको लागि पहल भएको छ,’ उनले भने।

Advertisement

आफूले कसैसँग एक रुपैयाँ घुस लिएको अनुचित काम गरेको, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको पनि उनले बताए।

‘निजी स्वार्थबाट कुनै काम भएको छैन भने, आफ्नो फाइदा र लाभको लागि कुनै काम गरेको छैन भने आत्तिनुपर्ने आवश्यकता छैन। सबै गलत कुरा, आरोपको विरुद्धमा दृढताका साथ उभिनेछु। मलाई विश्वास छ, न्यायपालिकाले न्याय दिनेछ। न्यायको जित हुनेछ। न्यायको जित हुनुपर्दछ। अन्यायको हार हुनुपर्छ। न्यायालयमाथि विश्वास राखेर नै हामी सबै देशमा कानूनको शासनलाई अघि बढाउन चाहिरहेका छौँ। यो चुनौति आइलागेको छ, यो चुनौतिको सामना गर्ने हो। कोही मानिसहरु मैदान छोडेर चुनौति देखेपछि भाग्छन्, आत्तिन्छन्, हामीले मैदान छोड्ने होइन,’ उनले भने।