Wednesday, July 29

सत्ताको चाबी अब कांग्रेसले बोक्नुपर्छ: शेखर कोइराला

नेपालअखबार,काठमाडौँ । नेपाली काँग्रेसका सांसद शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन्।

Advertisement

भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अफ्ठ्यारो परिस्थितिमा गएको र नेपाली काँग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गरेका हुन्।

Advertisement
Advertisement

‘त्यो अराजकता रोक्न नेपाली काँग्रेसले मात्रै सक्छ। हामी सरकारमा छौं तर सत्ताको चाबी हामीसँग छैन। यसको अर्थ तपाईंहरु आफैँ लगाउनुस्। सत्ताको चाबी वामपन्थीसँग छ। त्यसलाई कसरी हामीले खोल्ने ? चाबी खोल्नुपर्‍यो नि त,’ उनले भने।

Advertisement

कांग्रेसको भविष्यको प्रतिष्पर्धी एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरु नागरिक समक्ष लैजानुपर्ने पनि कोइरालाले बताए।

‘उसले गलत  काम गरेको छ  भने गलतलाई गलत र सहीलाई सही भन्नसकौं। त्यसो भन्न नसक्ने कार्यकर्ता नेपाली काँग्रेसका कार्यकर्ता होइनन्,’ उनले भने। -न्युज एजेन्सी नेपाल