Sunday, April 19

तीन दिनदेखि पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

नेपालअखबार,गुल्मी । तीन दिनदेखि पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

शुक्रबारदेखि जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–२ गरगरेस्थित कालीगण्डकी करिडोर बाटोमा माथिबाट पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) गंगाबहादुर सारुले बताए ।

Advertisement

बाटो खुलाउने काम भइरहे पनि निरन्तर ढुंगा सहितको पहिरो भएकाले समय लाग्ने सारुले बताए । पहिरोले करिडोरका विभिन्न ठाउँमा पहिरोले समस्या निम्त्याएको छ ।

करिडोर सडक अवरुद्ध हुँदा जिल्लाको पूर्तिघाट, छिमेकी जिल्ला बागलुङ, स्याङ्जासँगै पोखरा पुग्ने सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् ।

त्यस्तै ५ दिन अघि कागण्डकी गाउँपालिका–६ बरम्बा स्थित कालीगण्डकी करिडोर सडकको गुल्मी खण्ड अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक मंगलबार मात्रै एकतर्फी खुलेको थियो । हालसम्म पनि सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।