Tuesday, July 21

रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधि सभा बैठक

नेपालअखबार,काठमाडौँ ।  प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारको प्रतिनिधि सभा बैठक बहिस्कार गरेको छ।

Advertisement

बिहान ११ बजेपछि प्रतिनिधि सभा बैठक सुरू हुने बित्तिकै रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए।

Advertisement
Advertisement

त्यसपछि सभामुख देवराज घिमिरेले सांसद शिव नेपालीलाई बोल्न समय दिएका थिए।

Advertisement

उनले मानव तस्करी, भ्रष्टाचार र कुशासन विरूद्ध रास्वपाको अडान स्पष्ट रहेको बताए। तर जनताको पक्षमा बोलेकै कारण रास्वपाको आवाज दबाउने प्रयत्न भइरहेको बताए।

‘सरकारले जनताको मुद्दा उठाउनुलाई नै अपराध ठान्न थालेको हो?,’ उनले भने।

‘मानवतस्करीजस्तो अपराधमा सरकार किन मौन छ?  उच्चस्तरी संसदीय वा न्यायिक छानबिन समिति गठनको माग किन बेवास्ता भइरहेको छ?  गृहमन्त्री आफैले तोकेको नैतिक मापदण्डमा किन असफल हुनुभयो?,’ उनले अगाडि भने।

सांसद नेपालीले आफूहरूको माग सुनुवाइ नभए संसद बहिस्कार गर्ने घोषणा गरेपछि रास्वपाका सांसदहरू बैठकबाट बाहिरिएका थिए।

अर्को प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसअघि‍देखि नै संसद बैठक बहिस्कार गर्दै आएको छ।