Thursday, July 9

नेतान्याहुले स्वीकारे ट्रम्पको युद्धविराम प्रस्ताव

नेपालअखबार,काठमाडौं । इजरायली प्रधानमन्त्रीको कार्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको इराक-इजरायल युद्धविराम सम्झौता स्वीकार गरेको छ ।

Advertisement

प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उक्त प्रस्ताव स्वीकार गरेको जानकारी दिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसल मा एक पोस्ट गर्दै युद्धविराम सुरु भइसकेको जनाएलगत्तै नेतान्याहुको यो भनाइ आएको हो । ‘युद्धविराम अब सुरु भइसकेको छ। कृपया यसको उल्लंघन नगर्नुहोस्!,’ ट्रम्पले भनेका थिए ।

Advertisement
Advertisement

त्यस्तै, इरानको तास्नीम समाचार एजेन्सीका अनुसार देशको उत्तरपश्चिमी गिलान प्रान्तमा इजरायली हवाई आक्रमणले चारवटा आवासीय युनिटहरूलाई लक्षित गर्दा नौ जना सर्वसाधारणको ज्यान गएको छ।

Advertisement

क्षेत्रीय गभर्नरलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार, उक्त आक्रमणले वरपरका धेरै घरहरूमा क्षति पुर्‍याएको छ र ३३ जना घाइते भएका छन्, जसमध्ये पाँच जनालाई अस्पतालमा भर्ना गर्नुपरेको छ।

रिपोर्ट अनुसार घाइते तथा मृतकमध्ये १६ जना महिला र बालबालिका छन्।