Monday, February 2

कोरोना महामारीका कारण एड्स रोगीको जीवन जाेखिममा: डब्लूएचओ

नेपाल अखबार, एजेन्सि। कोरोना महामारीका कारण एचआईभी/एड्सका बिरामीलाई दिइने जीवन रक्षक औषति आपूर्तिमा अवरोध भएको भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिन्ता व्यक्त गरेको छ।
डब्लूएचओका अनुसार ७३ देशले अब एड्स रोगीको जीवन रक्षा गर्ने औषधि सकिन लागेको चेतावनी दिएका छन्।
तीमध्ये २४ देशले एड्सको अति आवश्यक औषधि एकदमै कम भइसकेको छ र आपूर्तिमा कठिनाइ भइरहेको बताएका छन्। डब्लूएचओका महानिर्देशक डाक्टर टेड्राेस एडहानम गेब्रियससले यो अवस्थालाई ‘अत्यन्तै चिन्ताजक’ भनेका छन्।
उनले भने, ‘विश्वका देश अर्थात् उनीहरूका सहयोगीले एचाईभीका बिरामीको जीवन रक्षा गर्ने औषधि उपलब्धताको सुनिश्चित गर्न जरुरी छ। कोरोना महामारीका कारण एड्सबाट हार खाने स्थिति आउनु हुँदैन, जसलाई हामीले निकै मुस्किलले जितेका थियौं।’ बीबीसी

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *