Tuesday, July 21

ट्रम्पले मागे अमेरिकी केन्द्रीय बैंक प्रमुखको राजीनामा

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावेललाई तत्काल पदबाट राजीनामा दिन भनेका छन् ।

Advertisement

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेख्दै भनेका छन्, ‘धेरै ढिला भयो, उनलाई तुरुन्तै राजीनामा दिनुपर्छ !’

Advertisement
Advertisement

ट्रम्पले आफ्नै पहिलो कार्यकालमा जेरोम पावेललाई फेडरल रिजर्भका अध्यक्षको जिम्मेवारी दिएका थिए । तर ब्याजदर नघटाएको भन्दै ट्रम्पले पावेलको पटक–पटक आलोचना गर्दै आएका छन्।

Advertisement

यद्यपि राष्ट्रपति ट्रम्पसँग पावेललाई पदबाट हटाउने अधिकार छ वा छैन भन्ने अझै प्रष्ट छैन।

यसै वर्षको सुरुवातमा ट्रम्पले भनेका थिए, ‘पावेललाई बर्खास्त गर्ने मेरो कुनै योजना छैन।’ तर उनले आलोचना भने निरन्तर गरिरहेका थिए।

ट्रम्प आर्थिक विकासलाई प्रोत्साहन दिन फेडरल रिजर्भले ब्याजदर घटाओस् भन्ने चाहन्छन् । तर पावेलले मंगलबार भने, ‘यदि ट्रम्पका भन्सार नीतिहरूको असर अर्थतन्त्रमा नपरेको भए, केन्द्रीय बैंकले पहिले नै ब्याजदर घटाइसकेको हुनेथियो ।’