Tuesday, July 21

बालीमा ६५ जना सवार डुंगा पल्टिँदा कम्तिमा चार जनाको मृत्यु, ३८ जना बेपत्ता

नेपालअखबार,काठमाडौँ । इन्डोनेसियाको बालीमा डुंगा पल्टिँदा  चार जनाको मृत्यु भएको छ।

Advertisement

गएराति केएमपी टुना प्राटामा जया नामको डुंगा बाली र जाभा टापुको बीचमा रहेको साँघुरो जलमार्गमा पल्टिएर डुबेको हो।

Advertisement
Advertisement

अमेरिकी मिडिया सिएनएनका अनुसार डुंगा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३८ जना अझै हराइरहेका छन्। २३ जनाको उद्धार गरिएको छ।

Advertisement

डुंगामा ५३ यात्रु, १२ चालक दलका सदस्य र १४ वटा ट्रकसहित २२ सवारी साधन थिए। डुंगा पूर्वी जाभाको केटापाङ बन्दरगाहबाट ५० किलोमिटर टाढा बालीको गिलिमानुक बन्दरगाहतर्फ जाँदै थियो

डुंगा प्रस्थान गरेको करिब आधा घण्टामै डुबेको त्यहाँको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीलाई उद्धृत गरेर सिएनएनले जनाएको छ।

उद्धार गरिएकामध्ये पनि धेरैजना घण्टौंसम्म अस्थिर पानीमा बग्दा बेहोस अवस्थामा फेला परेका थिए। खोजीका लागि ९ वटा डुंगा, दुइटा टगबोट र इन्फ्लेटेबल बोट परिचालन गरिएको छ।