Sunday, April 19

बागलुङमा बाढीले बगायो कालुङखोला जलविद्युत आयोजना

नेपालअखबार,बागलुङ। बागलुङमा बाढीले कालुङखोला जलविद्युत आयोजना बगाएको छ।

बुधबार जैमिनी नगरपालिका-९ पैयुथन्थाप बिजुवामा रहेको कालुङखोला जलविद्युत आयोजना बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाण्डेले जानकारी दिए।

Advertisement

उनका अनुसार कालुङखोला आयोजनाको विद्युतगृह र त्यहाँ रहेका तीन वटा झुलुङ्गे पुलमा पनि पूर्ण रूपमा क्षति पुगेको छ।

बाढीले एउटा गोरूलाई पनि बगाएको छ।

त्यहाँ रहेका करिब १० वटा घर जोखिममा छन्।