
नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक सहमति जुटाएर मात्र अघि बढाउनुपर्ने बताएका छन् ।
विधेयक आज संसद्मा प्रस्तुत गर्न लागिएकोमा आपत्ति जनाउँदै उनले यो विधेयकलाई संशोधन गरेर सहमति जुटाउन जरुरी रहेको उल्लेख गरेका छन् । पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरि संसदमा प्रस्तुत हुनलागेकोमा आफ्नो विमति रहेको शर्माले बताए ।
लटरपटर गरेर विधेयक अघि बढाउने प्रयास नगर्न उनले सरकारलाई आग्रह गरेका छन् । यसमा पूर्व सहमति या संसदीय समितिमा छलफल आवश्यक रहेको भन्दै उनले आजलाई कार्यसूचीबाट हटाउन माग गरेका छन् ।

