Wednesday, July 8

पार्टीले बिदा गर्छ भने जान तयार छु : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कमिटीले बिदा गर्छ भने आफू जान तयार रहेको बताएका छन् ।

Advertisement

शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, अहिले ममाथि मुद्दा लागेको छ, कमिटीले मलाई बिदा गर्छ भने म बिदा भएर जान तयार छु।

Advertisement
Advertisement

उनले आफूमा पार्टी बनाउने आँट भने अझै रहेको बताए । मेरो कुरा गर्ने हो भने ममा आँट छ। पार्टी बनाएर अगाडि बढ्ने कुराको सन्दर्भमा चुनौतीका साथ मैले भन्न चाहन्छुयस्ता चुनौतीको सामना गर्दै आइएको छ। फेरि पनि चुनौतीको सामना गरिन्छ।

Advertisement

उनले थपे, मेरो मान्यता छ- नबिराउनुनडराउनु। मैले जीवनमा एक पैसा कसैको घुस खाएको छैन। मागेको मात्रै होइनदिन आएकोलाई पनि अस्वीकार गरेको छु।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफूलाई परिवारले दिएको संस्कारमा गौरवबोध गर्ने उल्लेख गर्दै भने, ‘बुवाले त्यही संस्कार मलाई सिकाउनुभयो– बाबुतिमी मिहिनेत गर।

उनले थपे, कसैले मलाई भ्रष्टाचारको आरोप लगाउँछ भने अब धेरै बोल्न भएन। …तर म धेरै नरम  मान्छे हुँ। झोक चलेपछि मभन्दा कडा मान्छे कोही पनि छैन। त्यसपछि म वार कि पारको लडाइँ लड्ने मान्छे हुँ।

उनले संविधानको २३९ नम्बरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकर्तव्य र अधिकार तोकेको र यो संविधानमा छुट्टै व्यवस्था भएको पदाधिकारीको हकमा यो उपधारा अर्थात् अनुसन्धान गर्ने र तहकिकात गर्ने काम गर्न पाउने छैन, अख्तियारले पाउँदैन भनेको दाबी गरे ।

नेपालले धनुषामा हजारौं मान्छेले तपाईं खुट्टा नकमाउनुहोस् कमरेड! मैदान छोडेर नभाग्नुस् तपाईं‘ भनेको उल्लेख गर्दै आफूले मैदान नछाड्ने बताए ।