Sunday, April 19

काठमाडौंमा १२ कम्युनिस्ट पार्टीहरूले  इजरायलको गजा र इरानमाथिको आक्रमणको विरोधमा प्रदर्शन

नेपालअखबार,काठमाडौं । काठमाडौंमा १२ कम्युनिस्ट पार्टीहरूले  इजरायलको गजा र इरानमाथिको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् ।  शुक्रवार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपालगायत १२ कम्युनिस्ट पार्टीहरूले इजरायलद्वारा गजा क्षेत्रमा भएको ‘नरसंहार’ र इरानमाथिको हालैको आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन गरे ।

प्रदर्शनमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, लीलामणि पोखरेल, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतीसहित विभिन्न कम्युनिस्ट घटकका नेता–कार्यकर्ताहरू सहभागी थिए।

Advertisement

‘साम्राज्यवादी युद्ध बन्द गर, विश्व शान्ति कायम गर’ नारा लगाउँदै उनीहरूले शान्तिबाटिका (रत्नपार्क)बाट सुरु गरी जमल, घण्टाघर, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा पुगेर सभा गरे । गत असार १९ गते नेकपा (माओवादी केन्द्र)सहितका कम्युनिस्ट पार्टीहरूको बैठकले इजरायलको गजा र इरानमाथिको आक्रमणविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

May be an image of 11 people, dais and text that says 'NAMASTE सासाज्यवादी राর बज्द गर विश्य शान्ति कायन जर Stop imperialist wars! प्यालेस्टाइनमाथिको आत्रमण र जनसंहार तथा इरानमाथिको हमला विरुढू Uphold glubal peace: Against the aggression and genocide in Palestine, and the assault on Iran विरोध कार्यत्रम PROTEST PROGRAM आययोजयाच राजावेतिक ससथ साकाज्थवदी युड़ वन्द गर Stop imperialistwar wars! तिर शाक्तिकायम शाकि्ति काराम गरा Uprod-global global pea ra टाइनमादिको आक्रमणर जनसहार तथा इरानमाथिको हमला IAGAINSTTIEAGGRESSION /AGAINSTTIE AGGRESSION AND GENOCIDE! IN PALESTINE, AND विरोध ऱयाली/ /PROTEST RALLY आयोजक: राजनेविक पल संस्था (शরো बागरिक Organised by: 12 political parties, organisations an શ०८શ असार ២២ गते कठमाणडी. July II, 2024) Kathmandu, DN'May be an image of 1 person and textMay be an image of one or more people, crowd and textMay be an image of 1 person and textMay be an image of speaker and crowd