Sunday, April 19

जनमतका पूर्वकोषाध्यक्षविरुद्ध अर्को ठगी मुद्दा, फेरि धरौटीमा छुटे

नेपालअखबार,काठमाडौं । जनमत पार्टीका निलम्बित पूर्वकोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई अर्को ठगीको मुद्दा लागेको छ ।

यसअघि पार्टीको कार्यालय भवन खरिदका लागि जम्मा गरेको रकम ठगी गरेको आरोपमा मुद्दा खेपेका यादवमाथि पुन: अर्को मुद्दा परेको हो ।

Advertisement

यादवले ठगी गरेको भन्दै पार्टीबाहेकका व्यक्तिले ललितपुर जिल्ला अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दामा यही असार २६ गते अदालतले यादवविरुद्ध एक लाख २५ हजार धरौटी माग गरेको छ ।

अदालतले मागेको धरौटी बुझाएर यादव २६ गते नै छुटेका छन् ।यसअघि ठगीको कसुरमा ७ वैशाखमा सप्तरीबाट प्रहरीले यादवलाई  पक्राउ गरेको  थियो । जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले दिएको जाहेरीका आधारमा उनी र उनकी श्रीमती ललिताकुमारी यादवविरुद्ध १ करोड ८५ लाख १ हजार रुपैयाँ बिगो असुल उपर गर्नुपर्ने माग गर्दै मुद्दा दायर भएको थियो ।