Wednesday, July 8

इजरायलद्वारा गजा क्षेत्रमा गरेको ‘नरसंहार’ कुनै हालतमा स्वीकार गर्न सकिँदैन, यो युद्ध अपराध हाे :  माननीय खालिद

नेपालअखबार,काठमाडौं ।माननीय मोहम्मद खालिदले  इजरायलद्वारा गजा क्षेत्रमा गरेको‘नरसंहार’ कुनै हालतमा स्वीकार  गर्न सकिँदैन, यो युद्ध अपराध हाे ।

Advertisement

प्यालेस्टाइन माथिको आक्रमण  र जनसंहारकाे  विरोध विश्वभर हुन  पर्ने आजकाे आवश्यकता रहेकाे बताउनु भयाे । यो विरोध कार्यक्रम विरोधका लागि मात्र होइन यसले सम्पूर्ण मानव जगतको रक्षाको लागि आवाज उठाएको छ।

Advertisement
Advertisement

प्यालेस्टाइन ‘नरसंहार’ भइरहेको छ। त्यहाँ युद्ध अपराध भएको छ। के बालबालिका ,के महिला के, वृद्धा हस्पिटल विद्यालय आवास केही पनि बाँकी नरहेको अवस्था छ। विश्वमा रहेर मानववादी वकालत गर्ने राष्ट्रहरूआज किन मौन छन् ? 

Advertisement

आजको एक्काइसौँ शताब्दी सभ्यताको युग भने तापनि म यो भन्छु । यो त ढुंगाका मन भएका व्यक्तिहरूको युग हो। जसको लाठी उसैको भै‌स भने जस्तै शक्ति हुनेले शक्तिका आडमा जे गरे पनि छुट हुने तर  निमुखा शक्तिहीन व्यक्तिताका साथ मरि रहनु पर्ने  माननीय  खालिदले  बताउनु भयाे ।  

नेपाली भूमिले कहिले पनि दास स्वीकारेको छैन। यसकारण विश्वमा कुनै पनि  राष्ट्रका व्यक्तिहरुलाई दास बनाउन खोज्ने कार्यलाई  स्वीकारन सकिदैन । सन् १९४८ भन्दा अगाडि इजरायल कुनै राष्ट्रका रूपमा स्थापितै थिएन यो त शक्तिको आडमा बनाइएको गैरकानुनी राष्ट्र हो। यो संसारका शक्तिहरूले अवैध रुपमा जन्माएको राष्ट्र हो इजराइल अवैध रूपमा जन्मिएको इजरायललाई बैध रुपमा बाँच्नेहरूको जिवनस‌गआत्मीयता  नभएकाे बताए । 

काठमाडौंमा १२ कम्युनिस्ट पार्टीहरूले  इजरायलको गजा र इरानमाथिको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् ।  शुक्रवार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपालगायत १२ कम्युनिस्ट पार्टीहरूले इजरायलद्वारा गजा क्षेत्रमा भएको ‘नरसंहार’ र इरानमाथिको हालैको आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन गरेकाे थियाे ।