Saturday, July 25

विद्या भण्डारीले एमालेमा फर्किएर अध्यक्ष बन्छु भन्नु सकारात्मक: झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेमा फर्किएर अध्यक्ष बन्छु भनेको कुरालाई आफूले सकारात्मक रूपमा लिएको बताएका छन्।

Advertisement

चीनको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका खनालले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले एमाले राजनीतिमा फर्किएर अध्यक्ष बन्ने र वामपन्थीहरूबीच एकता गर्ने कुरा गरेको भए त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका हुन्।

Advertisement
Advertisement

‘अहिले जे खालको समस्याबाट एमालेको नेतृत्व आक्रान्त देखिन्छ। यदी विद्या भण्डारीले वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर एमालेमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्ने कुरा गरेको हो भने यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने।

Advertisement

सम्मानित नेता खनालले नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह एमाले नै भएको तर उसले सबैलाई एकतावद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा बताए।।

‘ एमालेले वामपन्थी एकता गरौं, भनेर चाहने हो भने अलि ठूलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना छ,’ उनले भने। भण्डारीले इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेलसँगको अन्तर्वार्तामा आफू अध्यक्ष बन्नका लागि एमाले राजनीतिमा फर्किएको बताएकी थिइन्।