Wednesday, July 15

ऊर्जा उत्पादनमा सधै सहजीकरण हुन्छः पूर्व प्रधानमन्त्री देउवा

नेपालअखबार,काठमाडौँ ।  पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको सामाजिक र आर्थिक विकासका लागि ऊर्जा उत्पादन र लगानी सहजीकरणमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

Advertisement

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको साधरणसभामा बोल्दै उनले नेपाललाई प्रकृतिले प्रदान गरेको ऊर्जा सम्पत्तिको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए।

Advertisement
Advertisement

देउवाले आफ्नो कार्यकालमा विद्युत निर्यात सुरु भएको स्मरण गर्दै भने, ‘म प्रधानमन्त्री हुँदा विद्युत निर्यातको सुरुवात भएको थियो। यो नेपालको ऊर्जा क्षेत्रको महत्वपूर्ण उपलब्धि हो।’

Advertisement

उनले विद्युत उत्पादनलाई थप सहज बनाउन नीतिगत सुधार र लगानीमैत्री वातावरण आवश्यक रहेको बताए। देउवाले सामाजिक विकासमा पछाडि परिनुको प्रमुख कारण उदारवाद भएको उल्लेख गर्दै स्वदेशी र विदेशी लगानीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

‘लगानीलाई सधैं सहजीकरण गर्नुपर्छ। स्वदेशी मात्र होइन, विदेशी लगानी पनि भित्र्याउनुपर्छ,’ उनले भने।

यस्तै, उनले ऊर्जा क्षेत्रमा शेयर निष्कासनलाई नरोक्न आग्रह गरे।

‘ऊर्जा नेपालको प्राकृतिक सम्पत्ति हो। यसको अधिकतम उपयोग गरेर देशलाई समृद्ध बनाउन सकिन्छ, देउवाले थपे।