
नेपालअखबार,ढाका । बंगलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय परिसरमा खस्दा १९ को मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी छन् । चीनमा निर्मित एफ–७ बीजेआई (एफ–७ बीजेआई) लडाकु विमान दिउँसो १:०६ मा प्रशिक्षणका लागि उडेको थियो । उडेको केही समयमै ढाकास्थित मिलस्टोन स्कुल एन्ड कलेजमा दुर्घटनाग्रस्त भएको हो ।दुर्घटनामा १०० भन्दा बढी घाइते भएका छन् । ८३ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् । घटनास्थलमा तत्कालै उद्धार कार्य सुरु गरिएको थियो र आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा दमकलकर्मीहरूले अथक प्रयास गरेका थिए । सरकारले मंगलबारलाई राष्ट्रिय शोक दिवस घोषणा गरेको छ । घाइतेहरूको उपचार भइरहेको छ भने मृतक विद्यार्थीको परिवारजन अहिले गहिरो शोकमा छन् ।



