Monday, February 2

कर्णाली अस्पतालका चिकित्सकसहित चार जना स्वास्थ्यकर्मीमा कोरोना

नेपाल अखबार, सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा थप दुई जना चिकित्सक र दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार बुधबार दुई जना मेडिकल अफिसर, एक जना स्टार्फ नर्स र एक जना सिनियर अहेवमा कोरोना संक्रमण देखिएको हो ।
कोरोना विशेष अस्पतालमा दुईहप्ते ड्युटी सकेर १४ दिन क्वारेन्टिनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको डा. खड्काले बताए । संक्रमण देखिएपछि उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ ।
यसअघि पनि असार ११ गते २ जना चिकित्सकसहित ९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो । उनीहरु आइतबार मात्रै डिस्चार्ज भएका थिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *