Friday, July 31

सुन लुकाएर प्रहरीमा चोरीको निवेदन, दुई जना पक्राउ

नेपालअखबार, स्याङ्जा ।  आफ्नै घर कम्पाउण्‍डमा सुन लुकाएर प्रहरी कार्यालयमा चोरी भएको भन्दै झुट्टा निवेदन दिएको आरोपमा दुई जना पक्राउ परेका छन्।

Advertisement

स्याङ्जाको आँधिखोला गाउँपालिका-१ मा सुनका गहना लुकाएर चोरी भएको भन्दै निवेदन दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको डिएसपी प्रसन्नराज चौधरीले जानकारी दिए।

Advertisement
Advertisement

४१ वर्षीय चन्द्रकुमारी गुरूङ र उनका देवर ३८ वर्षीय धनराज गुरूङ पक्राउ परेका छन्।

Advertisement

उनीहरूले साउन १२ गते बेलुकी घरबाट ७.५ तोला बराबरको सुन र ४ हजार रुपैयाँ नगद चोरी भएको भनेर निवेदन दिएका थिए।

उक्त निवेदनपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

चन्द्रकुमारीले विदेशमा रहेका श्रीमानलाई पनि सुन चोरी भएको जानकारी गराएकी थिइन्।

प्रहरीले अनुसन्धान गर्दा चन्द्रकुमारीले देवर धनराजसँग मिलेर लुकाएको आशंका गरेको थियो

पछि घर कम्पाउण्डमै सुन फेला परेको हो।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।