Friday, February 20

कक्षा १२ को नतिजा सार्वजनिक

नेपालअखबार, काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्  भने  ३८.८३ विद्यार्थी ननग्रेड भएका छन्।  गत वैशाखमा सञ्चालन गरिएको परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए। जसमा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार रहेका थिए।

कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने भएको छ ।

Advertisement