Friday, July 3

भूमि विधेयक गिरीबन्धुसँग जोडिएको छैनः भूमिमन्त्री अधिकारी

नेपालअखबार, काठमाडौँ । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रस्तावित भूमि विधेयक गिरीबन्धु जग्गा प्रकरणसँग नजोडिएको प्रष्ट पारेका छन्।

Advertisement

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सिंहदरबारमा आइतबार भएको भूमिसम्बन्धी विधेयकको छलफलमा उनले अनावश्यक रूपमा गिरीबन्धुलाई भूमि विधेयकसँग जोड्न जरूरी नरहेको बताएका हुन्।

Advertisement
Advertisement

विधेयकमा कहाँ गिरीबन्धु जोडिएको छ? देखाइदिन पनि सांसदहरूसँग आग्रह गरे। विधेयकमा कृषि, उद्योगधन्दाका कुराहरू पनि नजोडिएको स्पष्ट पारे।

Advertisement

मन्त्री अधिकारीले भने, ‘भूमि विधेयकमा प्रस्तावित संशोधित विषयहरूमा छलफल गरौँ। सरोकारवालाहरूले आफ्ना विषयहरू राखिरहनुभएको छ। मैले पटकपटक भनेको छु, हामीले दफाबारलाई जसरी अघि बढायौं। हाउजिङका कुराहरू विधेयकमा ल्याएका छौं। त्यसमा गिरीबन्धुसहित अरू कुनै विषय नै जोडिएको छैन। सांसदहरूलाई गिरीबन्धु कहाँनेर विधेयकमा जोडिएको छ? मलाई देखाउनु भनेर पटक पटक भनिरहेको छु। यहाँ कुनै कृषिका कुरा जोडिएको छैन, गिरीबन्धु जोडिएको छैन। यहाँ उद्योगधन्दाको कुरा जोडिएको छैन।’

उनले गिरीबन्धुलाई जोडेर सांसदहरूले भूमि विधेयकलाई प्रचार गर्न जरूरी नरहेको स्पष्ट पारे।  भूमिहीन, सुकुम्बासी र अव्यवस्थित नागरिकलाई जग्गा उपलब्ध गराउँदा सरकारले आवश्यक ध्यान दिने मन्त्री अधिकारीको भनाइ छ।