
नेपालअखबार, काठमाडौं । भदौ पहिलो साताका लागि तय भएको एकीकृत समाजवादीको केन्द्रीय कार्य समिति बैठक २० दिनपछि सारिएको छ ।
महासचिव घनश्याम भूसालले शनिबार दिउँसो एक सूचना जारी ४ भदौमा स्थायी कमिटी, ५ भदौमा पोलिटब्यूरो र ७–८ भदौमा केन्द्रीय कमिटी बैठक बस्ने जानकारी दिएका थिए ।
तर राति अर्को सूचना जारी गरिएको छ । जारी सूचना अनुसार २७–२८ भदौमा केन्द्रीय कार्य समिति बैठक बस्नेछ ।
त्यसअघि २५ गते स्थायी कमिटी र २६ भदौ पोलिट्ब्यूरो बैठक बस्ने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए । ‘चाडबाडलाई ध्यान दिएर बैठक सारिएको हो’, उपाध्यक्ष ज्वालाले भने ।


