Tuesday, November 4

भारतीय सेनाले आफ्ना सैनिकलाई फेसबुक र इन्स्टाग्राम अकाउन्ट डिलेट गर्न भन्यो

नेपाल अखबार, एजेन्सि। भारतीय सेनाले आफ्ना सैनिकलाई फेसबुक र इन्स्टाग्राम अकाउन्ट डिलेट गर्न भनेको छ।

Advertisement
फेसबुक र इन्स्टाग्राम अकाउन्ट डिलेट गर्नुका साथै सेनाले ८९ वटा एप्लिकेसन जुलाई १५ सम्ममा फोनबाट हटाउन निर्देशन दिएको भारतीय संचारमाध्यमले जनााएका छन्।
आर्मीका जवानहरुबाट संवेदनशील डेटाहरु चुहावट हुने खतरा भएकाले सेनाले सैनिकलाई यस्तो आदेश दिएको बताइएको छ।
उल्लेखित एप्सहरु फोनबाट हटाएको–नहटाएकोबारे सेनाले अनुसन्धान गर्ने पनि बताएको छ।
हाल भारत र चीनबीच सीमा विवाद जारी छ। विवाद जारी रहेकै अवस्थामा यसअघि भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समा प्रतिबन्ध लगाएको थियो। एजेन्सी

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *