Saturday, March 14

युवाहरुलाई सफताको बाटो देखाउदै गन्तब्यमा पुर्याउने पाकशाला सञ्चालनमा

नेपालअखबार,काठमाडौं । युवाहरुलाई सफताको बाटो देखाउदै गन्तब्यमा पुर्याउने उद्देश्यका साथ स्थापना पाकशाला सञ्चालनमा आएको हो । युवाहरूलाई दक्षता तालिम दिँदै आत्मनिर्भर साथ स्वरोजगार बनाउनुका लागि पाकशाला करिब ३महिना अघि देखि थापागाउमा सञ्चालनमा आएको सञ्चालक आकाश पन्तले बताउनु भयो ।
सफलताको कथा लेख्नका लागि सिप सिकौँ भन्ने मूल नाराका साथ पाकशालामा विधार्थीहरुका लागि बरिस्ता, सुशी, बेकरी १ देखि ३ महिना सम्मका पाठ्यक्रम रहेको छ । यसै गरि ६महिनाको डिप्लोमा पाठ्यक्रम रहेको छ भने ६महिना इन्टर्नसिप गर्ने व्यवस्था रहको छ ।  पाकशालामा क्याफे पनि सञ्चालनमा रहेको छ ।
सञ्चालक आकाश पन्तभन्नु हुन्छ  “ एक पटक हाम्रोमा आउनु भएको ग्राहक कफि पिउन फेरी पनि आउनु हुन्छ यहि नै हाम्रो सन्तुष्टि रहेको बताउनु भयो ”।
स्वदेशमा पनि काम गर्ने चाह भए सम्भावनाहरु छन् भन्ने सोचका साथ उमेश खड्का, रुद्ध बहादुर रावत र मेरो संयुत्त लगानीमा सञ्चालन गरिएको पन्तले बताउनु भयो ।

Advertisement

विभिन्न खालका  रेष्टुरेन्ट, होटेल, ५स्टार होटेलहरु खुलिरहेका छन् भने हस्पिटल, ठूला कम्पनीहरु र कलेज स्कुलहरुमा पनि स्वच्छ सफा खाना बनाउने दक्ष जनशक्तिको सधैं माग भइरहेको हुन्छ । मागअनुसारको दक्ष जनशक्तिहरू प्राप्त गर्न नसकेका कारण सधैँ यस क्षेत्रमा रोजगारको अवसर सिर्जना भइरहेको हुन्छ।सञ्चालक पन्त भन्नु हुन्छ देशमा बेरोजगारले युवाहरुले दुख पाइ रहेको बेला हामीले युवाहरुलाई सिप सिकाएर बजारमा माग भएका रोजगारहरुमा जोड्नका लागि पुलको कार्य गर्दै आएका छौं ।

युवाहरू विदेश नै जाने हो भने पनि आफूले दक्षताका साथ सिप सिकेर बाहिर जाँने हो भने काम गर्न सहज हुन्छ र सीप अनुसारको राम्रो कमाइ गर्न सक्ने बताउनु भयो । नेपालको शिक्षा प्रणाली उही पुरातन शैलीकै रहेको कारण प्राविधिक शिक्षालाई सरकारले नै टुहुरो बनाएर छोडे रहेको छ।८ कक्षा देखि विद्यार्थीहरुलाई प्राविधिक शिक्षासँग जोडिदिने हो भने विद्यार्थीको इच्छा अनुसार कक्षा १२ सम्म प्राविधिक अध्ययन गर्ने वातावरण मिल्यो भने बेरोजगारको अवस्था कम हुने थियो। युवाहरू निराशा हुनपर्ने अवस्था आउने थिएन सक्षम दक्षतायुक्त सिपमूलक शिक्षाले युवा स्वयं स्वरोजगार बन्न सक्ने सञ्चालक आकाश पन्तले बताउनु हुन्छ ।