Tuesday, October 28

धनुषामा गोली चलाएर प्रहरीले समात्यो लागुऔषध कारोबारी

नेपालअखबार,काठमाडौं । धनुषामा गोली चलाएर प्रहरीले लागुऔषध कारोबारी समातेको छ ।

Advertisement

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पप्पु साह नाम गरेका एक पुरुष र एक महिला छन् । उनीहरूबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको छ ।

Advertisement

पप्पुको दाहिने खुट्टामा गोली लागेको प्रहरी स्रोतले बतायो ।

मिथिला नगरपालिका–२ मा प्रहरीले गोली चलाएर उनीहरूलाई पक्राउ गरेको हो ।ब्युरोका इन्स्पेक्टर रोकश यादव, वरिष्ठ सई बालकृष्ण सन्जेलसहितको टोली ब्युरोबाट खटिएको बताइएको छ ।