Sunday, July 5

भारतीय विदेश सचिव भोलि काठमाडौं आउँदै

नेपालअखबार,काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री भोलि नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमणबारेर जानकारी गराएको छ ।

Advertisement

नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।

Advertisement
Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ ।

उनी दुई दिने भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली २ भदौमा फर्कनेछन् ।