Saturday, July 11

जंगलबाट ल्याएको च्याउ खाँदा श्रीमानको पनि मृत्यु

नेपालअखबार,रोल्पा । जंगलबाट ल्याएको च्याउ खाएपछि रोल्पामा बिरामी परेका श्रीमानको पनि मृत्यु भएको छ।

Advertisement

परिवर्तन गाउँपालिका– २ राङसी ८१ वर्षीय भागीराम वलीक मृत्यु भएको रोल्पाका प्रवक्ता यादवप्रशाद शाहीले जानकारी दिए। आजै राङसीकी ७४ वर्षीया निर्मला वलीको मृत्यु भएको थियो। उनीहरू श्रीमान श्रीमति हुन्।

Advertisement
Advertisement

वली दम्पतीले साउन २७ गतेको बेलुका स्थानीय जंगलबाट खोजेर ल्याएको च्याउ तरकारी  खाएका थिए।

Advertisement

त्यसपछि उनीहरू बिरामी परेका थिए। स्थानीय मेडिकलमा उपचारका गएका उनीहरूको थप उपचार साउन २९ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको थियो

शव पोष्टमर्टमका लागि घोराहीमै राखिएको छ।