Sunday, July 26

शिक्षा समिति सभापतिलाई विद्यार्थीको ज्ञापन : खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्ति हुनुपर्छ

नेपालअखबार,काठमाडौं । विद्यालय शिक्षा विधेयकमा खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्ति हुनुपर्ने व्यवस्था समेट्नुपर्ने माग राखेर १६ विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई ज्ञापनपत्र बुझाएका छन् ।

Advertisement

१६ विद्यार्थी संगठनहरूले सोमबार संयुक्त रूपमा समितिका सभापति अम्मरबहादुर थापालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

Advertisement
Advertisement

‘शिक्षा ऐन २०२८ ले निर्माण गरेका विभिन्न प्रकारका शिक्षक र कर्मचारीहरूको उपयुक्त व्यवस्थापनको दायित्व राज्यले लिनुपर्ने र शिक्षकको योग्यता गुणस्तरीय विद्यालय शिक्षाको मानक भएकाले विद्यालय शिक्षक नियुक्ति प्रक्रिया संविधानले अंगीकार गरेको समावेशी मूल्य मान्यतासहितको योग्यता प्रणालीमा आधारित शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत मात्र हुने व्यवस्था विद्यालय शिक्षा ऐनमा सुनिश्चित गर्ने संयुक्त विद्यार्थी संगठन सरकार र सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

Advertisement

सरकारले पटक-पटक विद्यालय शिक्षक ऐन जारी गर्ने  प्रतिबद्धता जनाए पनि ऐन जारी हुन नसक्नु सरकारद्वारा विद्यार्थीका मुद्दा र विधेयकप्रति उपेक्षा गरिएको उनीहरूको ठम्याइ छ । तसर्थ अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने उनीहरूको माग छ ।

यसैगरी उनीहरूले माध्यमिक तहसम्मको शिक्षा पूर्णत निःशुल्क प्राप्त गर्न पाउनुपर्ने व्यवस्था अविलम्ब अक्षरश कार्यान्वयन गर्न समेत माग गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति :