Monday, August 24

नेपाली सेनालाई भारतले दियो गाडी र घोडा

नेपालअखबार,काठमाडौँ ।भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन्

Advertisement

नेपाली सेनाको मुख्यालयमै पुगेर मिस्रीले प्रधानसेनापती सिग्देलसँग भेटवार्ता गरेका हुन्।

Advertisement
Advertisement

सैनिक मुख्यालयम विशेष कार्यक्रममा विदेश सचिव मिस्रीले लाइट स्ट्राइक सवारी साधन र सैनिक प्रयोजनका लागि उपयोग हुने जनावर हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ।

Advertisement

साथै चिकित्सकीय उपकरण पनि हस्तान्तरण गरेको छ।

यस किसिमको हस्तान्तरणले दुवै सेनाबीचको निकट सम्बन्ध र मजबुत रक्षा सहकार्यलाई झल्काउँछ भनेर भारतीय दूतावासले सामाजिक सञ्जालमा लेखेको छ।

मंगलबार काठमाडौं आएका मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार नै भेटवार्ता गरेका थिए।

उनी आजै भारत फर्कनेछन्।