Sunday, July 19

करेन्ट लागेर गैंडा मरेको घटनामा किसानलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

नेपालअखबार,चितवन। करेन्ट लगाइ संरक्षित वन्यजन्तु एकसिंगे गैडा मारेको अभियोगमा माडीका किसान हरिभक्त श्रेष्ठलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ।

Advertisement

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको हो।

Advertisement
Advertisement

गत साउन २१ गते चितवनको माडीमा बाली जोगाउन छाडिएको करेन्ट लागेर एकसिंगे गैंडाको मृत्यु भएको थियो।

Advertisement

माडी–२ भैरवपुरका किसान हरिभक्त श्रेष्ठको खेतमा करेन्ट छोडिएको तारमा गैंडा अल्झिएको थियो।

गैंडा मरेपछि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले सोही दिन हरिभक्तलाई नियन्त्रणमा लिएको थियो।

सरकारी वकिलको कार्यालयले सोमबार मात्रै जिल्ला अदालतमा उक्त मुद्दा अभियोजन गरेको थियो।

हरिभक्तलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार करेन्ट लगाई संरक्षित वन्यजन्तु एकसिंगे गैडा मारेको अभियोग लगाइएको थियो।