Sunday, July 19

वडा अध्यक्ष साहको निधन

नेपालअखबार, सप्तरी । सप्तरीको राजगढ गाउँपालिका ५ का अध्यक्ष देवेन्द्र साहको निधन भएको छ।

Advertisement

उनको ७० वर्षको उमेरमा निधन भएको हो।

Advertisement
Advertisement

अर्बुद रोगबाट पीडित उनको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा बुधबार बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले जानकारी दिइन्।

Advertisement

साह २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका थिए।

उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए। उनका दुई छोरा र तीन छोरी छन्।