Tuesday, April 21

११६ वर्षकी भइन् संसारकै सबैभन्दा वृद्ध महिला

नेपालअखबार,काठमाडाैँ । एथेल क्याटरह्याम संसारकै सबैभन्दा वृद्ध जीवित महिला बनेकी छिन्। इङ्गल्याण्डको सरेमा बस्ने क्याटरह्याम अहिले ११६ वर्षकी छिन्।यसअघि यो रेकर्ड ब्राजिलियन नन सिस्टर इना क्यानबेरा लुकासको नाममा थियो। उनको निधनपछि अब क्याटरह्यामलाई संसारकै सबैभन्दा वृद्ध जीवित व्यक्तिका रूपमा मान्यता दिइएको हो।

क्याटरह्यामको जन्म २१ अगस्ट १९०९ मा भएको थियो। उनको जन्म टाइटानिक दुर्घटनाभन्दा तीन वर्ष अगाडि र रुसी क्रान्तिभन्दा आठ वर्ष अगाडि भएको हो। जीवनयात्रामा उनले दुवै विश्वयुद्धका कठिन क्षणहरू प्रत्यक्ष देखेकी छिन्।

Advertisement

११६ वर्ष पार गरेकी क्याटरह्याम अहिले स्वस्थ्य अवस्थामै जीवन बिताइरहेकी छिन्। उनको लामो आयु र जीवनअनुभवलाई सम्मान गर्न विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले रिपोर्ट प्रकाशित गरेका छन्।