Friday, July 17

बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा, यी स्थानमा भारी वर्षा हुने

नेपालअखबार ,काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास (भारततर्फ) अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार नेपालको मौसम प्रणालीमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ।

Advertisement

आइतबार देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र कर्णाली प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस लगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना छ।

Advertisement
Advertisement

मधेस, कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Advertisement

पछिल्लो २४ घन्टामा काठमाडौंको बूढानीलकण्ठमा ६७.६, जाजरकोटमा ६२.६, रूकुमपश्चिमको मुसिकोटमा ५७.२, दार्चुलामा ५२ मिलिमिटर वर्षा भएको छ ।