Sunday, March 29

विपिन जोशीको आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटे

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् ।

इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र बहिनी पुष्पा जोशीले इजरायल पुगेर त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए ।

Advertisement

विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको जनाउँदै यो विषय अन्तरराष्ट्रियस्तरमा पुगेको बताए । उनीहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि सबैलाई आग्रह गरे ।आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले रिहाइका लागि पहल गर्न आग्रह गरिन् । सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए ।

नेपली कांग्रेसका युवानेता समाजसेवी डा.अबुल हुसैन अन्सारीले विपिनको उद्धार र रिहाइका लागि सहजकर्ताको रूपमा भूमिका खेन्नु भएको छ । विपिनको उद्धार र रिहाइका लागि खटिएका आमा र दिदीलाई नेपालबाट इजरायल जाने बेलामा सबै सहजकर्ताको रूपमा भूमिका खेल्नु भएको थियो ।
इजरायलबाट फर्के पछि उनीहरुले आफ्ना व्यथा राज्यका प्रतिनिधिलाई सुनाउनका लागि परिवारीक भूमिका खेल्दै राष्ट्रपति, प्रधानमन्त्री साथै परराष्ट्रमन्त्रीसँग भेट गराउन आफै लागि पर्नु भएको छ ।  युवानेता समाजसेवी डा.अबुल हुसैन अन्सारी भन्नु हुन्छ‘  हामी सबै नेपाली हौं त्यसैले एक व्यत्तिको पिडाले अर्कोलाई छुन्छ । यसकारण म पनि विपिनको उद्धार र रिहाइका लागि अपिल गर्दै आफूले सक्ने पहल गर्ने बताउनु भयो ’।