
नेपालअखबार,काठमाडौँ । शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको शुक्रबारको बैठकमा सम्बोधन गर्ने जानकारी प्रमुख सचेतकहरूलाई गराएका हुन् । सभामुखको सचिवालयका अनुसार यसअघि तय भएर स्थगित भएको प्रधानमन्त्रीको सम्बोधन शुक्रबारका लागि तय भएको हो । भदौ ६ गते प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएर स्थगित भएको थियो । बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।

