Wednesday, July 15

माग सुनुवाइ नभए माग सुनुवाइ नभए अनिश्चितकाल निजी विद्यालय सञ्चालकहरूको चेतावनी

नेपालअखबार,काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूको छाता संस्था प्याब्सन लगायतले आफूहरूले राखेका माग सुनुवाइ नभए अनिश्चितकाल विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्।

Advertisement

विद्यालय शिक्षा विधेयकमा रहेको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएले सडक आन्दोलनमा छन्।

Advertisement
Advertisement

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पेस भइसकेको छ। निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकमा रहेको निजी विद्यालय गैरनाफामूलक बनाउँदै जाने र विद्यार्थी संख्याका आधारमा १० देखि १५ प्रतिशतसम्म विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने दुई मुख्य विषयको विरोध गर्दै आन्दोलन गर्दै आइरहेका छन्।

Advertisement

थप आन्दोलन घोषणा गर्दै निजी विद्यालय सञ्चालकहरूले भदौ १८ गतेसम्म पनि सरकारले माग सुनुवाइ नगरे अनिश्चितकाल विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन्।

‘भदौ १८ गतेसम्म पनि हाम्रो मागको सकारात्मक सुनुवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्द घोषणासम्मको कार्यक्रम गर्ने’ बिहीबार प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमले संयुक्त रूपमा निकालेको विज्ञप्तिमा उल्लेख छ।

 

यस्तो छ विज्ञप्ति;

536273006_122100769424993319_4786127191172241295_n-1756370409.jpg