Thursday, May 7

भूमि विधेयक फिर्ता लिन नेमकिपाको माग

नेपालअखबार, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक फिर्ता लिन माग गरेको छ । दलित भूमिहीन सुकुम्बासीको नाममा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न खोजिएको बताउँछन् नेमकिपाका सांसद प्रेम सुवाल ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सासद सुवालले विधेयक फिर्ता लिएर फेरि छलफल चलाउन माग गरे ।‘यो विधेयक फिर्ता गरौं र खास समस्या पहिचान गरेर ऐन बनाऔं’ उनले भने ।

Advertisement