Tuesday, September 15

दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ

नेपालअखबार,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

Advertisement

काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले पक्राउ गरेको हो ।

Advertisement
Advertisement

आयोगले खरिदार भण्डारीलाई मालपोत कार्यालय धुलिखेलको कार्यालय परिसरबाट पक्राउ गरेको हो । भण्डारीको साथबाट आयोगले मोबाइल एक थान पनि नियन्त्रणमा लिएको छ । आरोपी भण्डारीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

Advertisement