Sunday, July 26

टोकियोमा नेकपा (एस) निकट प्रवासी नेपाली एकता मञ्च जापानको तेस्रो अधिवेशन सम्पन्न, हरि लामिछाने नेतृत्वमा नयाँ कार्य समिति चयन

नेपालअखबार,टोकियो । नेकपा (एस) निकट प्रवासी नेपाली एकता मञ्च जापानको तेस्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ ।

Advertisement

३१ अगस्ट, आईतबार टोकियोमा नेकपा (एस) का महासचिव घनश्याम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न तेस्रो अधिवेशनले हरि लामिछानेको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एस) का महासचिव घनश्याम भुसालले विदेशमा रहेका नेपालीहरूलाई मताधिकार दिलाउन निरन्तर प्रयास गरिरहने प्रतिवद्दता व्यक्त गरे । महासचिव भुसालले प्रवासी नेपालीहरूलाई मताधिकार दिन आवश्यक रहेको बताउदै प्रवासमा सबै नेपालीहरू एकजुट भई नेपालको कृषि र उत्पादनशिल उद्योग क्षेत्रमा लगानी गर्न अपील पनि गरेका थिए।

Advertisement
Advertisement

प्रवासी नेपाली एकता मञ्च जापान, राष्ट्रिय समितिको नयाँ नेतृत्वमा अध्यक्ष हरि लामिछाने, वरिष्ठ उपाध्यक्ष टक्कर कुँवर, दुई उपाध्यक्ष मञ्जु गिरी र सचिन नेम्वांग सर्वसहमत चयन भएका छन।
त्यसैगरी सचिवमा श्रीकृष्ण अर्याल दुई उप-सचिव आमिर पाण्डे, कृष्ण धमला, कोषाध्यक्षमा सुमित रोकाया चयन भएका छन ।सदस्यहरू पुरुषोत्तम वाग्ले, भोजराज राउत, विशाल कुमार शाह, भवन कुमार घिमिरे, जनकराज मन्डेल, मुना गिरी, प्रशान्त शाही, नृप कुँवर, नकुल तिमिल्सिना, निराजन महरा, प्रविण कुमार खतिवडा, विष्णु मल्ल सुवास खनाल, हिमांशु सिंह ठकुरि, कल्पना लामिछाने राउत,नवदुर्गा कडेल पवन. भण्डारी महेस्वर थापासर्वसहमत नाम घोषणा गरिएको थियो ।
कार्यक्रमको विशेष अतिथिमा नेकपा (एस) पोलिट ब्यूरो सदस्य सुदेश पराजुली, केन्द्रीय सदस्य द्रोण सिलवाल, नेपाल रिटनी एशोसिएसन (समाजवादी)का केन्द्रीय सचिव प्रकाश महरा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी लगायत जापान स्थित नेपाली संघ-संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।

Advertisement